यी बलिवुड अभिनेता जसलाई बच्चामा रबिनाले सेटबाट बाहिर निकालेकी थिइन्

डिसी नेपाल
१६ कार्तिक २०७५ ४:२८

एजेन्सी। केही दिन अगाडि ‘कफी विथ करन’ मा अक्षय कुमारसँगै पुगेका अभिनेता रणवीर सिंहले आफ्नो बाल्यकालको घटना सुनाएका थिए। रणवीरका अनुसार मोहरा फिल्मको सेंशुअल गीत ‘टिप टिप बरसा पानी’ को शुटिङका क्रममा रवीना टंडनले उनलाई फिल्मको सेटबाट बाहिर निकालिदिएकी थिइन्। यो विषयमा रवीनालाई सोध्दा उनले रणवीरको उमेर कम भएका कारण यस्तो गर्नु परेको बताएकी थिइन्।

मोहरा फिल्मको शुटिङ १९९४ मा भइरहेको थियो। त्यतिबेला रणवीर सिंह करिव ८–९ वर्षका थिए। त्यतिबेला रवीना अक्षय कुमारसँग टिप टिप बरसा पानी गीतको शुटिङ गरिरहेकी थिइन् र यो डान्स सीक्वेंसमा केही सेन्सुअल मुभ्स पनि थिए। त्यही भएर रवीनालाई के लाग्यो भने यो सानो बच्चाले यस्तो डान्स हेर्यो भने गलत प्रभाव पर्छ।

रवीनाले भारतीय एक मिडियालाई दिएको एक अन्तर्वातामा भनेकी थिइन्–रणबीर निकै नटी थिए। उनी बेला बेलामा मलाइ सेटबाट बाहिर निकालेको भन्दै मेरो खुट्टा तान्छन्। यद्यपी मेरो मनसाय के थियो भने बालकलाई सही समयमा मात्रै यस्ता कुरा बताउनुपर्छ। रणवीर सिंह अभिनेत्री दीपिका पादुकोणसँग विवाह गर्दैछन्। १४ र १५ नोभेम्बरमा उनीहरुबीच इटलीमा विवाह हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *