कर छली आरोपमा नेयमारलाई ६ वर्ष जेल हुनसक्ने, जरिवाना तिरेर पनि पाउनेछैनन् छुट

डिसी नेपाल
१६ कार्तिक २०७५ ६:१९

एजेन्सी। स्पेनको अदालतले फुटबल खेलाडी नेयमारविरुद्ध भ्रष्टाचार र धोकेबाजीको मुद्दालाई तीन न्यायाधीशको ठूलो इजलासमा पठाउने निर्णय गरेको छ । यदि नेयमारविरुद्ध यी आरोप प्रमाणित भएमा उनलाई ४ देखि ६ वर्षसम्मको जेल सजाय हुनेछ । यदि यो सजाय पाएमा नेयमारले रोनाल्डो र मेस्सीलेजस्तो जरिवाना तिरेर छुट पाउनेछैनन् ।

यसअघि पोर्चुगलका सुपरस्टार फुटबलर क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनेल मेस्सीमाथि पनि कर छलीको आरोप लागेको थियो । उनहिरुलाई २ वर्षभन्दा कम सजाय तोकिएकोले जरिवाना तिरेर जेल नबसी छुट पाएका थिए । तर नेयमारको हकमा भने यस्तो हुनेछेन । यहाँ २ वर्षभन्दा बढीको सजायमा जरिवाना तिरेर छुट पाइँदैन । ब्राजिलको सान्तोस क्लवबाट स्पेनको बार्सिलोना ट्रान्सफर हुँदा नेयमारले ट्रान्सफर मूल्य लुकाएको र कर छली गरेको आरोप छ ।

दावी गरिएअनुसार सान्तोसबाट बार्सिलोना आउँदा नेयमारलाई ८६.२ मिलियन युरोमा ट्रान्सफर गरिएको थियो । तर, नेयमार र क्लवले भने मात्रै ४० मिलियन युरोमा ट्रासफर भएको देखाएर कर छली गरेका थिए । यही कारण बार्सिलोनाका पूर्व अध्यक्ष जोसेफ मारिया पदबाट राजीनामा दिन बाध्य भएका थिए । ठूलो बेन्चले कहिले सुनुवाइ सुरु गर्ने भन्ने विषयमा कुनै जानकारी आएको छैन । नेयमारको तर्फबाट पनि यो विषयमा कुनै प्रतिक्रिया आएको छैन । नेयमार अहिले बार्सिलोना छाडेर फ्रान्सको क्लव पेरिस सेन्ट जर्मेनबाट खेलिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *