पदका कारण नेकपामा विभाजन’

डिसी नेपाल
१० माघ २०७७ २३:३०
24
Shares

पाल्पा। लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलले सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थिति पैदा भएको बताएका छन्। उनले पार्टी एकता प्रक्रिया सम्पन्न नहुँदै नेकपामा सङ्कट देखिनु पदको लोभ प्रमुख कारण भएको तर्क थियो । युवा सङ्घ पाल्पाको भेला तथा प्रशिक्षण कार्यक्रममा आज यहाँ आयोजित भेलामा पोखरेलले संसद् पुनःस्थापनाको रटानमा सडक आन्दोलन गर्नु लाजमर्दो अवस्था भएको बताए।

पूर्वमन्त्री तथा नेकपा नेता महेश बस्नेतले युवाले अग्रगामी सोचका लागि अग्रसर हुनुपर्नेमा जोड दिए। केन्द्रीय सदस्य सुजिता शाक्य, जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नारायण आचार्य, युवा सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेललगायतले ओली नेतृत्वको सरकारले संसद् विघटन गरी ताजा जनादेशमा जानु गलत कदम नभएको दाबी गरेको गरे। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *