प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा संबैधानिक इजलासमा बहस जारी
काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा संबैधानिक इजलासमा बहस जारी छ। अघिल्लो सातादेखि विषयबस्तुमा केन्द्रित भएर निवेदकको तर्फबाट संबैधानिक इजलासमा बहस हुँदै आएको छ।
गत शुक्रवार निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ताहरुले मुद्धालाई राजनीतिक रुपमा मात्र हेर्न नमिल्ने भन्दै संबैधानिक हिसावले समेत गंभीर विश्लेषण गर्नुपर्ने जिकिर गरेका थिए।
प्रतिनिधिसभा विघटनको विषय राजपत्रमा प्रकाशन हुनुपर्ने षिषय उठेपछि महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजपत्र पेश गरेका थिए। बहस लामो हुन थालेपछि एकजनालाई ३० मिनेटको समय समेत निर्धारण गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment