भियतनामको प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ सम्मानित
काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रमाणपत्रसहित प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित गरेको छ।
नेपाल र भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्न र द्विपक्षीय सहयोग अभिवृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै भियतनामका परराष्ट्र मन्त्री हो बिन्ह ट्रुङद्वारा हस्ताक्षर गरिएको उक्त सम्मान प्रदान गरिएको हो।
सम्मान ग्रहणपश्चात महावाणिज्यदूत श्रेष्ठले नेपाल र भियतनामबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल बुद्धको जन्मस्थल तथा भियतनाम समृद्ध बौद्ध सम्पदा भएको मुलुक भएकाले लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध पर्यटन प्रवद्र्धन गर्न प्रत्यक्ष हवाई सम्पर्क अति आवश्यक रहेको उनको भनाइ छ। सिधा उडानले धार्मिक पर्यटनसँगै शैक्षिक सहकार्य र व्यावसायिक साझेदारी विस्तार गर्ने विश्वास उनले व्यक्त गरे।
साथै, उनले नेपाल र भियतनामबीच सूचना प्रविधि, पर्यटन, कृषि, खाद्य प्रशोधन, पूर्वाधार, नवीकरणीय ऊर्जा र लगानीका क्षेत्रमा व्यापक सहकार्यको सम्भावना रहेको औंल्याएका छन्। यी क्षेत्रमा संयुक्त लगानी र साझेदारीबाट दुवै मुलुकले पारस्परिक लाभ लिन सक्ने उनले उल्लेख गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment