कमलपोखरी पुनर्निर्माण : कामपा प्रमुख शाक्य र निर्वतमान सांसद थापाबीच ‘पत्र युद्ध’

डिसी नेपाल
१२ माघ २०७७ १०:१३

काठमाडाैं। कमलपोखरी काठामाडौंको निर्वाचन क्षेत्र ४ मा पर्छ। अनावश्यक राजनीतिक दाउपेचका कारण पोखरी र्पुर्ननिमार्णको विवाद उत्कर्षमा पुगेको छ। पछिल्लो समय काठमाडाैं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र क्षेत्र नं ४ का निर्वतमान सांसद गगन कुमार थापाबीच पत्र युद्ध नै चलेको छ।

काठमाडौं महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमलपोखरीको पुनर्निर्माण गरिएको दाबी गरे पनि पछिल्लो समय पोखरी निर्माण विवादित बन्न पगेको छ। पुरातत्व विभाग, सम्पदा संरक्षण अभियान्ताले पोखरीको मौलिकता, ऐतिहासिक र पर्यावरणीय पक्षलाई ख्याल नगरेका बताउँदै आएका छन्। तर, पोखरी पुर्ननिमार्णको अन्तिम समयमा आयर विकास निर्माणमा अवरोध गर्न खोजेको भन्दै महानगरपालिकाले भने अनावश्यक राजनीतिक विवाद गरिएको बताएको छ।

नेपाली कांग्रेसका युवा नेता थापाले कमलपोखरीको पुनर्निमाण तत्काल रोक्न माग गर्दै गत पुस २९ गते काठमाडौं महानगरपालिका मेयर शाक्यलाई पत्र लेखेका थिए। तर, पछिल्लो समय विवाद झन बढ्दै गएपछि महानगर प्रमुख शाक्यले थापालाई जवाफी पत्र लेखेका छन्। उक्त पत्रमा उनले १० वर्ष पहिले कमलपोखरी पुर्ननिमार्ण गर्दा सिमेन्ट बालुवा प्रयोग किन गरेको भन्दै जवाफी प्रश्न गरेका छन्।

कमलपोखरी रानीपोखरी जस्तो होइन। रानीपोखरी ऐतिहासिक सम्पदा हो तर, कमल पोखरी ऐतिहासिक पोखरी हो। ढलको रुपमा रहेको कमल पोखरीलाई महानगरले सुन्दर बगैचाँको रुपमा जगाउँदै छ। संरक्षण, सम्र्बद्धन गर्दैछौँ। दुई वर्ष पहिले ढल पोखरीको रुपमा थियो पोखरी। पोखरीको स्वरुप नै घाँसले भरिएको थियो। माथिको चउरलाई समेत व्यवस्थित गर्दै हामी सबैको सहमतिमा पोखरी पुर्ननिमार्णमा अगाडि बढेका हौँ

विस. २०७६ साल असार १९ गते कमलपोखरीको निर्माण १ वर्षमा सक्ने गरी औपचारिक सुरुवात गरिएको थियो। निर्माण सम्पन्न गर्ने समयको ६ महिना बढी बितिसक्दा पनि पोखरी निर्माण सम्पन्न हुनु त कहाँ हो कहाँ बरु, पोखरी पुर्ननिमाणको बिवाद उत्कर्षमा पुगेको छ।

पुरातत्व र महानगरबीच सहकार्यको असर कमलपोखरी विवाद

महानगरले पुरातत्व विभाग आजसम्म अनदेखा र अनसुना गरेर बसेको भन्दै कुनै एकजना व्यक्तिले भनेकै भरमा काम रोक्न पत्र पठाउनु स्वभाविक नभएको बताएको छ। आइतबार डिसी नेपालसँगको कुराकानी क्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले आजसम्म कुनै पनि प्रतिक्रिया नदिएको पुरातत्वले निर्माणकार्यको अन्तिम चरणमा आाएर रोक्न निर्देशन दिनु उचित नभएको बताए।

उनले भने,  “कमलपोखरी रानीपोखरी जस्तो होइन। रानीपोखरी ऐतिहासिक सम्पदा हो तर, कमल पोखरी ऐतिहासिक पोखरी हो। ढलको रुपमा रहेको कमल पोखरीलाई महानगरले सुन्दर बगैचाँको रुपमा जगाउँदै छ। संरक्षण, सम्र्बद्धन गर्दैछौँ। दुई वर्ष पहिले ढल पोखरीको रुपमा थियो पोखरी। पोखरीको स्वरुप नै घाँसले भरिएको थियो। माथिको चाैरलाई समेत व्यवस्थित गर्दै हामी सबैको सहमतिमा पोखरी पुर्ननिमार्णमा अगाडि बढेका हौँ।”

निर्माण सुरु भएको लामो समय भयो। सञ्चारमाध्यममा आयो, राजनीतिक दलका प्रतिनिधि अभियान्ता र स्थानीयवासीको बृहत छलफका आधारमा पोखरी पुर्ननिमाणको डिजाइन बनायौँ।

उनले प्रश्न गर्दै भने, “के साच्चै पुरातत्वलाई त्यत्रो लामो समयसम्म थाहा नभएको होला?आजसम्म पुरातत्व कुन अध्यारो कुनामा थियो। कुनै नेता तथा एक जना मानिसले भनेको भरमा पुरातत्व जस्तो राज्यको निकायले विकास निर्माणका कार्यमा अवरोध गर्न खोज्नु राम्रो होइन्। मानिसहरुमा कमलपोखरी र रानीपोखरी एउटै हो भन्ने भ्रम फिजाइएको छ। तर, त्यो गलत हो। रानीपोखरी र कमल पोखरीमा धेरै अन्तर छ।” कमल पोखरी ऐतिहासिक सम्पदा हो भन्न पुरातत्वसँग कुनै प्रमाण पनि नभएको उनको भनाइ छ।

विस. २०७६ साल असार १९ गते कमलपोखरीको निर्माण १ वर्षमा सक्ने गरी औपचारिक सुरुवात गरिएको थियो। निर्माण सम्पन्न गर्ने समयको ६ महिना बढी बितिसक्दा पनि पोखरी निर्माण सम्पन्न हुनु त कहाँ हो कहाँ बरु, पोखरी पुर्ननिमाणको बिवाद उत्कर्षमा पुगेको छ।

उता पुरातत्व विभागले भने कमलपोखरीको काम तत्काल रोक्न अनुरोध गरेको र नरोकिए आवश्यक पहलकदमी चाल्ने बताएको छ। कमलपोखरीमा भएको काम रोक्न मंगलबार नै महानगरलाई पत्र पठाएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।

उनले भने, “मंगलबार हामीले महानगरलाई काम तत्कालका लागि रोक्न अनुरोध गरेका छौँ। पोखरी पुरानो हो त्यसैले त्यसको मौलिकता कायम गर्दै संरक्षण गर्नुपर्छ भन्ने विभागको राय हो। हामीलाई कुनै पनि औपचारिक जानकारी नै आएन। प्राचीन स्मारक संरक्षण ऐन र नियम अनुसार कुनै पनि प्राचिन स्मारकहरुमा अथवा प्राचिन स्थलहरुमा कुनै पनि कार्य गर्नु परेमा विभागको पूर्ण स्वीकृति लिनु पर्ने हुन्छ। तर, कमल पोखरीको हकमा भने त्यस्तो किसिमको जानकारी हामीलाई भएको छैन र हामीले कुनै सहमति दिएका पनि छैनौँ। ऐतिहासिक स्थलको संरक्षण गर्दा मौलिकता र परम्परागत सीप स्रोत साधनलाई ध्यान दिन पर्ने विभागको मान्यता छ। त्यसको लागि हामी निरन्तर पहल गर्ने छौँ।”

पोखरीको ऐतिहासिकताको बारेमा उनले भने “पुराना अभिलेखहरु त पाइदैनन्,तर यो मध्यकालिन पोखरी हो। त्यसको संरक्षण गर्नुपर्छ त्यसको आफ्नै महत्व छ। केही लेख अभिलेख तथा ग्रन्थहरुमा सन्दरक्षीन पोखरीको बारेमा उल्लेख भएको पाइन्छ। यो ऐतिहासिक पोखरी हो भन्नेमा कुनै शंका छैन। त्यसैले पुरातत्वको मापदण्डमा रहेर पुर्ननिर्माणकार्य सम्पन्न हुनुपर्छ। हामी थप यसको बारेमा थप खोज गरिरहेका छौँ।”

विवाद र सत्यता

पोखरीको मौलिकता, ऐतिहासिक र पर्यावरणीय पक्षलाइ ध्यान नदिएको भन्दै सम्पदाविदहरुले आपत्ति जनाएका छन्। प्राकृतिक पोखरीमा एकाएक कंक्रिटको कमल फुलाउन लागिएको, पोखरीको वरिपरि सिमेन्टको पेटी लगाएर घाट बनाई पोखरीको आकारसमेत घटाइएको, पोखरीभित्रै डोजर लगेर माटो अन्यत्र लगिनुले पोखरीको मौलिकता नास हुने उनीहरुको भनाइ छ।

महानगरले भने यो विषयमा अनावश्यक झुटो भ्रम फैलाइएको प्रतिक्रिया दिएको छ। विवाद गर्नु पर्ने अवस्था नै हौइन। निर्माणकार्यको अन्तिम चरणमा आयर अनावश्यक विवाद खडा गर्न खोजिएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख राम थापाले भने, “डिजाइनको फेजमा स्थानीय वासिन्दा, सम्पदा विज्ञ, राजनीतिक दलका प्रतिनिधिलगाएतको सहमतिमा पोखरी पुर्ननिमार्ण थालियो। त्यति बेला गगन थापा पनि सँगै हुनुहुन्थ्यो। त्यतिखेर कसैको बिमति थिएन। उहाँहरुले दिएको सुझावलाई अनुशरण गर्दै हामीले काम अघि बढाएका हौँ।”

प्राकृतिक पोखरीमा एकाएक कंक्रिटको कमल फुलाउन लागिएको भन्ने कुरा शतप्रतिशत गलत रहेको उनको भनाइ छ। उनले पोखरीको डिजाइन अनुसार नै त्यसमा प्राकृतिक फूल राखीने बताए।

‘अर्को कुरा सिमेन्ट प्रयोग भयो भन्ने छ, ‘ ‘उनले भने यसमा पहिले नै सिमेन्ट प्रयोग भइसकेको छ। अहिले एकदमै थारै मात्रामा मात्रै सिमेन्ट प्रयोग भएको छ। त्यसले प्राकृतिक पानीको इकोसिस्टम मर्ने होइन मौलिकता जोगाउँदै वैज्ञानिक तवरले पानीको सहज आवागमन होस भनेर गरिएको हो।’

उनले बीचमा कमलको फूल आकारको फोहोरा बनाउन पानीले बाधा पार्ने भएकाले पोखरी सुकाइएको बताए। उनले भने, “हाल पोखरी क्षेत्र भित्र रहेको प्रहरी, ट्राफिक कार्यलय र क्लवलाई हामी छिट्टै हटाउँदै छौँ। त्यसैले अहिले जग्गा अधिग्रहण गरिएको भन्ने कुरा छैन। पोखरीको क्षेत्र धेरै थियो भन्ने कुरा छ, यसमा हामी पनि सकारात्मक छौँ। यो विषयमा सबैको साथ सहयोग आवश्यक छ। तर, सार्वजनिक जग्गामा पुर्ननिर्माण एउटा पाटो हो भने जग्गा खोज्ने पाटो अर्को हो।”

निमार्णमा ढिलाई

एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ विस. २०७६ साल असार १९ गते कमल पोखरी निर्माणको औपचारिक सुरुवात गरिएको थियो। महानगरले ’हाम्रो काठमाडौं आफैं बनाऔं’ नाराका साथ गत वर्ष असारमा कमलपोखरी पुनर्निर्माण थालेको हो। मेयर शाक्य, उपमेयर हरिप्रभा श्रेष्ठ र वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले पुनर्निर्माण शिलान्यास गरेका थिए।

निर्माण सम्पन्न गर्ने समयको ६ महिना बढि बितिसक्दा पनि पोखरी निर्माण सम्पन्न हुनु त कहाँ हो कहाँ बरु, पोखरी पुर्ननिमाणको बिवाद उत्कर्षमा पुगेको छ। पुनर्निर्माणका लागि करीब ९ करोड ४७ लाख रुपैयाँको लागत इष्टिमेट तयार भएको थियो। महानगरले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँमा जय धनञ्जय कँडेल जेभी कम्पनीलाई ठेक्का दिएको छ।

कमलपोखरीलाई आगामी चैतसम्म सकेर नयाँ वर्षमा उद्घाटन गर्ने महानगरको योजना छ। हालसम्म करिव ४० प्रतिशत पूजिगत खर्च भएको कमलपोखरीको ६५ प्रतिशत काम सकिएको आयोजना कार्यलयले जनाएको छ।

पुर्ननिर्माणमा विश्वव्यापी संकट बनेको कोरोना भाइरसको असर परेकोले निमार्णमा ढिलाई भएको आयोजना कार्यलयको भनाइ छ।  सरकारको रेकर्डमा ४८ रोपनी जग्गा भएपनि हाल करिव २२ रोपनी जग्गा मात्रै पोखरी हाताभित्र छ।

सबै तस्वीर : मन्दिर राउत/ डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *