जंगलमा डडेलो लगाउँदै हिंड्ने पक्राउ

डिसी नेपाल
१७ वैशाख २०८१ ७:३०

रामेछाप। रामेछापको रामेछाप नगरपालिका वडा नं-३ हिमगंगाको विभिन्न जंगलमा आगो लगाउँदै हिंड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरको छ ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ कालिकादेवी सामुदायिक वनमा आगो लगाउँदै हिडेका स्थानीय सुवास महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानीयहरुको सूचनाका आधारमा जंगलको ठाउँ ठाउँमा आगो लगाउँदै हिडेका महतलाई प्रहरीले पक्राउ गरि वन कार्यालयलाई जिम्मा लगाएको छ ।

जिल्लाका अधिकांश जंगलहरुमा डडेलो लागिरहको बेला कालिकादेवी सामुदायिक वनका उपभोक्ताहरुले भने जंगलमा आगो लगाउनेको पहिचाहन गरेर प्रहरीलाई खवर गरेका थिए । पक्राउ परेका महतलाई वन ऐन अनुसार कारबाहि हुने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *