कीर्तिमानधारी माउण्ट केटु आरोहण टोली स्वदेश फर्कियाे, विमानस्थलमा भव्य स्वागत (फाेटाेफिचर)

डिसी नेपाल
१३ माघ २०७७ ८:४१
100
Shares

काठमाडाैं। विश्वको दोस्रो सर्वोच्च शिखर माउण्ट केटुको वीन्टर सिजनमा सफलतापूर्वक आरोहण गरी विश्वकीर्तिमान राखी स्वदेश फर्किएकाे छ। पर्वतारोही टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएकाे छ। मंगलबार विहान स्वेदेश फर्किएको पर्वतारोही कीर्तिमानधारी टोलीलाई विमानस्थलमा स्वागत गरी काटमाडौं उपत्यकाका विभिन्न ठाउँ मोटरसाइकल -यालीद्वारा परिक्रमा गरिएकाे छ।

उनीहरुलाई मोटरसाइकल -यालीद्वारा तीनकुने, नयाँ वानेश्वर, माइतिघर, थापाथलि, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरिने छ। यस्तै परिक्रमा पश्चात ठमेलमा रहेका होटेल वैशालीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मान्त्री भानुभक्त ढकालले स्वागत सहित सम्मान गर्ने कार्यक्रम रहेको नेपाल पवातारोहण संघले जनाएको छ।

पाकिस्तानमा रहेको माउन्ट केटुको उचाइ ८ हजार ६ सय ११ मिटर छ। विश्वको ८ हजार भन्दा अग्ला हिमालमध्ये माउन्ट केटुमात्रै हिउँद याममा आरोहण हुन सकेको थिएन। कसैले आरोहण गर्न नसकेको माउण्ट केटुको नेपाली टोलिले सफलता पूर्वक आरोहणसँगै विश्व कीर्तिमान रचेका थिए।

इतिहास रच्ने क्रममा नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा ले संयूक्त रुपमा यहि माघ ३ गते सफलतापूर्वक आरोहण गरेका थिए।


१० आरोहीमध्ये मिङ्मा जी शेर्पाले भने अक्सिजनबिनै आरोहण गरेर एकैसाथ दुइवटा किर्तिमान कायम गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *