प्रधानमन्त्रीसहित पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखविरूद्ध अवहेलना मुद्दा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै मंगलबार मुद्दा दर्ता भएको हो।
मंगलबार सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएको हो। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन्।
प्रधानमन्त्रीले बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा व्यक्त गरेका धारणाले अदालतको अवहेलना भएको भन्दै कन्चनकृष्ण न्यौपानेले निवेदन पेश गरेका थिए ।
यसैबीच प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। राजाराम घिमिरेले चारै जना पूर्वप्रधानन्यायाधीशहरू र पूर्वसभामुख ढुंगानालाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।
पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सशीला कार्कीले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाे टिप्पणी गरेका थिए। पूर्वसभामुख ढुङगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी अभिव्यक्ति दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment