सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन जबरजस्ती करणी र अपहरणको अभियोगमा पक्राउ

डिसी नेपाल
१३ माघ २०७७ १८:०५
25.9k
Shares

काठमाडौं । केही महिना अघि सामाजिक संजालमा भाइरल भएका अर्जुन बिक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोगमा पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई अर्जुनले २०७३ जेठ ३० गते काठमाडौं महानगरपालिका १० देवीनगरस्थित कोठामा डर, धाक, धम्की दिई जबरजस्ती करणी समेत गरी फरार भएका थिए । उक्त घटना अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई काठमाडौंस्थित तिनकुनेबाट गत बिहिबार पक्राउ गरेको हो ।

अर्जुनविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो । उनी दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमा आएपछि भाइरल भएका थिए। सामाजिक संजाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा खेल्ने मौका पाएका थिए ।

उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.