अमेरिकी राजदूत बेरी राजनीतिक भेटघाटमा सक्रिय
काठमाडौं। काठमाडौंस्थित अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकामा नयाँ राजनीतिक नेतृत्वले सत्ता सम्हालेसँगै काठमाडौं राजनीतिक भेटघाटलाई तिब्र बनाएका छन्। राजदूत बेरीले राजनीतिक भेटघाटका क्रममा बुधबार नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्।
राजदूत बेरीले भेटका क्रममा अमेरिकामा जो बाइडेनले सत्ता सम्हालेपछि अमेरिकी प्राथामिकताबारे ब्रिफिङ गरेका छन्। यस्तै नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल भएको छ।
यसअघि राजदूत बेरीले केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए।
राजदूत बेरीले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुसँग गरेको भेटलाई चासोका रुपमा हेरिएको छ। नेपालमा प्रतिनिधिसभा विघटन भएर मध्यावधि चुनाव घोषणापछिको उत्पन्न राजनीतिक अन्यौल र अमेरिकामा नयाँ नेतृत्वपछिको विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment