सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ

डिसी नेपाल
१४ माघ २०७७ १९:३१

काठमाडौं । सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

सशस्त्र प्रहरीको विशेष इन्टेलीजेन्स व्यूरो अन्तर्गत रहेको टोलीले ७.६२ को गोली र एक थान कटुवा पेस्तोल सहित सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घरभई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षका कृष्ण चौलागाईलाई पक्राउ गरेको हो ।

पक्राउ पछि चौलागाइलाई नेपाल प्रहरीको जिम्मा लगाएको छ । गुण्डागर्दीको अभियोगमा दुई पटक नेपाल प्रहरीले पक्राउ गरेपनि उनी धरौटीमा रिहा हुँदै आएका थिए । चौलागाइलाई एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष टोलीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिए । एपीएफ टोलीले चौलागाईलाई लैनचौरबाट कटुवा पेस्तोल एक थान गोली र एउटा मोवाईल सेटपनि बरामद गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *