प्रचण्ड–नेपाल समूहका ३ नेताबीच खुमलटारमा १ घण्टा भेटवार्ता
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका शिर्ष ३ जना नेताहरुले भेटवार्ता गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), सोही समूहले अध्यक्षमा मनोनित गरेका नेता माधव कुमार नेपाल र नेकपाको प्रवक्ताको जिम्मेवारीबाट ओली समूहले हटाएका नेता नारायणकाजी श्रेष्ठबीच प्रचण्ड निवास खुमलटारमा १ घण्टा भेटवार्ता भएको हो।
निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष भएको नेकपालाई नै आधिकारिक घोषणा गरेपछि भावि रणनीति तय गर्न शिर्ष नेताहरुबीच भेट भएको श्रोतको भनाइ छ। श्रोतका अनुसार खुमलटारमा विहान ७ः३५ बजेदेखि ८ः३५ बजेसम्म नेताहरुबीच छलफल भएको हो।
प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको आमसभामा माधवकुमार नेपाल र नारायण काजी श्रेष्ठबीच भनाभन भएको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो सार्वजनिक भएपछि नेताद्वयबीच पहिलो पटक भेटघाट भएको हाे।
आजैदेखि उक्त समूहको तेस्रो चरणको आन्दोलन पनि सुरु हुँदैछ। प्रधानमन्त्रीले पुष ५ गते प्रतिनिधिसभाको विघटन गरेपछि प्रचण्ड–नेपाल समूह प्रतिगम भएको भन्दै सडक आन्दोलन गर्दै आएको छ।







डिसी नेपाल







Facebook Comment