कार्भेमा टाटासुमो र मोटरसाइकल आपसमा ठोक्किए, १० जना घाइते
काठमाडौं। कार्भेमा आइतबार काठमाडौंबाट बर्दिवासतर्फ गइरहेको टाटासुमो र धरानबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किँदा कम्तिमा १० जना घाइते भएका छन्। प्रहरीका अनुसार काभ्रेको नमोवुद्ध नगरपालिका २ वुच्चाकोट भन्ने स्थानमा भएको दुर्घटनामा १० जना घाइते भएका छन्। ती मध्ये दुईजनाको अवस्था चिन्ताजनक छ।
प्रहरीका अनुसार आइतबार दिउँसो भएको दुर्घटनामा परी धनुषाका ३४ वर्षीय सुमो चालक लेखबहादुर सिन्जाली मगर र जिल्ला सिन्धुली कमलामाई नगरपालिका ४ की २०वर्षीया सपना श्रेष्ठ गम्भीर घाइते भएका छन्।
घाइतेको सशस्त्र प्रहरी बल,नं १५ गणबाट खटिएको टोली र प्रहरी चौकी भकुण्डेबाट खटिएको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक सुवाष भट्टराईले बताए। सशस्त्र प्रहरी दुर्घटना स्थल नजिकै भएकोले घाइतेको तत्कालै उद्दार हुन पुगेकाले मृत्युको मुखमा पुगेकालाई वचाउन सकिएको स्थानियले बताएका छन्।
दुर्घटनाग्रस्त टाटा सुमो सडकबाट करिव १ सय पचास मिटर तल भिरमा खसेको थियो। घटनामा मोटरसाइकल चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ का २५ वर्षीय प्रशान्त हुमागाई र मोटरसाइलकको पछाडि बसेका सोही स्थानका २३ वर्षीय कैलाश दाहाल सामान्य घाइते भएका छन्।
घटनामा धनुषाका ३४ वर्षीय सुमो चालक लेखबहादुर सिंजाली मगर, सिन्धुली कमलामाई नगरपालिका ४ की २० वर्षीया सपना श्रेष्ठ, सिन्धुली कमलामाई नगरपालिका ३ की ५२ वर्षीया विष्णु माया श्रेष्ठ, सिन्धुली कमलामाई नगरपालिका ४ की मिना कुमारी श्रेष्ठ, सिन्धुली कमलामाई नगरपालिका ३ का ३३ वर्षीय प्रकाश श्रेष्ठ, सिन्धुली कमलामाई नगरपालिका ६ की ५५ वर्षया बिष्णु माया तामाङ, सिन्धुली कमलामाई नगरपालिका ७ का ३९ वर्षीय जयप्रकाश न्यौपने र सिन्धुली कमलामाई नगरपालिका ६ की ५६ वर्षीया सुकीमाया मोक्तान घाइते भएका छन्।







डिसी नेपाल







Facebook Comment