हङकङमा तयार भएको ‘औँठी बैना’मा सार्वजनिक

डिसी नेपाल
१९ माघ २०७७ २०:०२
132
Shares

काठमाडौँ । गायक दीपक लिम्बू र मेलिना राईको स्वर रहेको गीतको भिडियो ‘औँठी बैना’ सार्वजनिक गरिएको छ । हङकङमा रहेर गीत लेखनमा सक्रिय रहेका विष्णु इङ्नामको रचनामा नयाँ गीत औँठी बैनामा हङकङबाट कभर भिडियोमा चर्चा कमाएका धिरज लिम्बू र मिस लिम्बू पहिलो सिजनकी सहभागी रेश्मा सम्बाहाम्फेको अभिनय रहेको छ । जसको छायाङ्कन हङकङमा नै गरिएको हो ।

मौसम इम्बुङ (फुलेन्देको बुबा), हेमराज अन्छड़बो, विष्णु इङ्नाम, नाम्लिङ ओख्राबोलाई पनि यो भिडियोमा देख्न सकिन्छ । पछिल्ला दिनमा नेपाली गीत संगीत छायांकनको गतिलो गन्तब्य बन्दै गइरहेका बेला निर्देशक युगल पोमोले नेपाली कला र संस्कृतिको जर्गेना गर्दै औँठी बैनाको भिडियो तयार पारेका हुन् । छायाङ्कन तथा ड्रोन मज्जाको राई, सम्पादन अनिलकुमार महर्जन र निर्देशन युगल पोमोको रहेको यस गीतलाई विष्णु इङ्नामको च्यानलबाट युट्युबमा हेर्न र सुन्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.