बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

डिसी नेपाल
२० माघ २०७७ २१:५२
48
Shares

झापा । पूर्वपश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिकामा आज सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरमा मागिखाने ३२ वर्षीय सागर मिश्र रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले दक्षिणबाट उत्तरतिर बाटो काट्दै गरेका पैदलयात्री मिश्रलाई ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते भएका मिश्रलाई उपचारका लागि नजिकैको बिर्तासिटी हस्पिटल लगिएको थियो । अस्पताल पुर्याउन साथ उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। बसका चालक बिर्तामोड–७ का ३८ वर्षीय रवि पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *