नवनियुक्त अख्तियार प्रमुख राईले सम्हाले कार्यभार

डिसी नेपाल
२१ माघ २०७७ १४:०९
128
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।

राईले बुधबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर कार्यभार सम्हालेका हुन् । उनीसँगै आयुक्तद्वय जयबहादुर चन्द र किशोर सिलवाले पनि कार्यभार सम्हालेका छन् ।

राईलाई गत मंसिर ३० मा संवैधानिक परिषदको बैठकले सिफारिस गरेको थियो । बुधबारनै विभिन्न संवैधानिक आयोगका पदाधिकारीले पनि राष्ट्रपति समक्ष शपथ ग्रहण गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.