प्रदेश एकको अधिवेशन आज : नेकपाका दुवै समूहको आ–आफ्नै रणनीति

डिसी नेपाल
२५ माघ २०७७ १०:४४
68
Shares

काठमाडौं। एक नम्बर प्रदेशको हिउँदे अधिवेशन आज बस्दैछ। यसअघि माग ७ गते केही समय बसेर स्थगित भएको अधिवेशन आज दिउँसो दुई बजे बस्न लागेको हो।

आजको अधिवेशनमा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावले प्रक्रियामा प्रवेश गर्ने बताइएको छ। सभामुख प्रदीपकुमार भण्डारीले आजै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाका छन्।

सत्तारुढ दल नेकपा विभाजन पछि प्रचण्ड–माधव नेपाल समूहले मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराएका छन्। आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री राईले प्रचण्ड–नेपाल समूहका १६ जना सांसदलाई तीन महिनाका लागि निमम्ब्न गरेका छन्।

निलम्बित १६ जना सांसदलाई वैठकमा प्रवेश गर्न नदिने ओली समुहको अडान छ। सभामुख भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक मार्फत मध्यमार्गी निकाल्ने प्रयास गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *