तोलामा ६ सय बढ्यो सुन हेर्नुहोस कतिमा हुँदैछ कारोबार

डिसी नेपाल
२५ माघ २०७७ ११:५१

काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको भइरहेको छ।

यसअघि शुक्रबार सुन तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै आइतबार तेजावी सुन तोलमा ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ। शुक्रबार तोलामा १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *