बसन्तले गाए डा अच्युत शर्माको ‘बदलिदेउ तिमी’ (भिडियो)
काठमाडौं । गीतकार प्रा. डा. अच्युत शर्माको रचना र बसन्त खड्काको स्वर संगीत रहेको ‘बदलिदेउ तिमी’ बोलको कर्णप्रिय गीत यु ट्युबमार्फत सार्वजनिक भएको छ। उक्त गीत कन्चन म्युजिक इन्टरटेनमेन्टले अमेरिकाको नर्थ क्यारोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । यो गीतको संगीत संयोजन दीप तुलाधरले गरेका छन् ।
गीतको भोकल रेकर्डिङ् नर्थ क्यारोलाइनाको केरी स्थित समीर मानन्धरले गरेका हुन भने सम्पादनको काम काठमाडौंको कमलपोखरीस्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरिएको हो । गीतको ध्वनी सम्पादन दीप तुलाधरले नै गरेका छन् । लिरिकल भिडियोको सम्पादन चाही नविन निरौलाले गरेका छन्।
डा शर्माका यस अघि पनि राजेशपायल राइ, अन्जु पन्त र हिमालसागरको स्वरमा राष्ट्रिय गीतहरू बजारमा आइसकेका छन । ‘बदलिदेउ तिमी’गीतमा डा शर्माले मानवीय मूल्य र मान्यता ह्रास हुँदै गएको वर्तमान अवस्थामा सकारात्मक सोचका साथ आफुलाई भित्रै देखि बदल्न सके सिङ्गै संसार बदल्न सकिने संदेश दिन खोजेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment