साउदी अरेबियाको विमानस्थलमा ड्रोन आक्रमण, यात्रुवाहक विमानमा आगो लाग्यो

डिसी नेपाल
२९ माघ २०७७ १५:२६
43.0k
Shares

काठमाडौं। साउदी अरेबियामा विमानस्थलमा ड्रोन आक्रमण हुँदा एउटा यात्रुवाहक विमानमा आगो लागेको छ । यो आक्रमणको जिम्मा यमनको हुथी विद्रोही समूहले लिएको छ । रिपोर्टअनुसार यो समूहले देशको दक्षिण पश्चिममा रहेको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको र आक्रमणबाट एउटा यात्रुवाहक विमानमा आगो लागेको साउदीको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै डेलीमेलले जनाएको छ ।

आक्रमणको केही समयमै इरान समर्थित हुथी विद्रोही समूहले यसको जिम्मेवारी लिएको थियो । साउदी सेनाका प्रवक्त येहिया सारेइका अनुसार विद्रोही समूहले आक्रमणको लागि ४ वटा बम बोकेका ड्रोन प्रयोग गरेका थिए । आक्रमणमा कुनै मानवीय क्षति भने भएको छैन तर यसले हुथी विद्रोहीबाट साउदी अरेबियालाई ठूलो खतरा भएको भने प्रस्ट पारेको छ ।

करिब ५ वर्षअघि साउदी अरेबियाले यमनमा ठूलो सैन्य अभियान चलाएको थियो जसले अरबको सबैभन्दा गरिब देशलाई क्षतविक्षत पारेको थियो । साउदीको सरकारी टेलिभिजनले जारी गरेको तस्वीरमा एयरबस ए ३२० विमानको तल्लो भागमा प्वाल परेको देखिएको छ । यो विमानस्थल यमनको सीमा नजिकै छ र पटक पटक हुथी विद्रोहीको निशानामा पर्ने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *