जसले २ वटा सामान्य पिज्जाको लागि ५५ अर्ब रुपैयाँ तिरेर इतिहास रचे
काठमाडौं। २ वटा पिज्जाको मूल्य ५५ अर्ब रुपैयाँ ? सुन्दा अचम्म लाग्छ तर एक जना व्यक्तिले २ वटा सामान्य पिज्जाको लागि यति धेरै मूल्य तिरेर इतिहास रचेका छन् । यो घटना १० वर्ष पहिले भएको थियो । क्रिप्टोकरेन्सी अर्थात भर्चुअल मुद्रा बिटक्वाइनको मूल्य १० वर्ष पहिले निकै कम थियो र १ जना व्यक्तिले २ वटा पिज्जा किन्नको लागि १० हजार बिटक्वाइन खर्च गरेका थिए । तर, अहिले भने बिटक्वाइनको मूल्य बढेर १ बिटक्वाइनको मूल्य ४६ लाख डलर पुगेको छ ।

२०१० मा १ बिटक्वाइनको मूल्य ०.०००३ अमेरिकी डलर थियो । तर, त्यतिबेला कसैले सोचेका थिएनन् कि १० वर्षमा बिटक्वाइनको मुल्य बढेर लाखौं डलर हुनेछ । मे २०१० मा ल्याज्लो हान्येज नामका व्यक्तिले पापा जोन्सबाट २ वटा लार्ज पिज्जा अर्डर गरेका थिए । उनका अनुसार बिटक्वाइनबाट कुनै पनि सामान खरिद गरिएको त्यो पहिलो पटक थियो । अहिले भने कैयौं कम्पनीहरुले बिटक्वाइन स्वीकार गर्छन् ।
ल्याज्लोले २ वटा पिज्जा अर्डर गरेका थिए जसको मूल्य ३० डलर थियो । उनले त्यतिबेला ३० डलर बराबरको बिटक्वाइन दिँदा १० हजार बिटक्वाइन दिनुपरेको थियो । हाइपबिस्टको रिपोर्टअनुसार अहिले १० हजार बिटक्वाइनको मूल्य ४७० मिलियन डलर पुगेको छ । यो रकमको नेपाली मुद्रा झण्डै ५५ अर्ब रुपैयाँ हुन्छ । यद्यपि अमेरिकाको फ्लोरिडाका ल्याज्लोले १० वर्षअघि २ वटा पिज्जाको लागि १० हजार बिटक्वाइन खर्च गरेकोमा आफूलाई कुनै पछुतो नभएको बताएका छन् ।







डिसी नेपाल







Facebook Comment