पाकिस्तानमा शक्तिशाली भूकम्प
काठमाडौं। पाकिस्तानमा शक्तिशाली भूकम्पको झट्का महशुस गरिएको छ। एसिया न्यूज इन्टरनेशनलका अनुसार शुक्रबार अबेर पाकिस्तानको अमृतसर केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्पको झड्का लागेको छ।
सामाजिक सञ्जाल ट्वीटरमा समेत पाकिस्तानमा भूकम्पले शक्तिशाली झड्का महशुस भएको भन्दै पोस्टहरु भइरहेका छन्। तर, क्षतिबारे भने केही खुलाइएको छैन। पाकिस्तानको पञ्जाव प्रान्त सबैभन्दा प्रभावित भएको बताइएको छ।
उता भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतीय समयअनुसार शुक्रबार राति १० बजेर ३१ मिनेटमा भारतको राजधानी दिल्ली। उत्तरप्रदेश, राजस्थान, जम्मूलगायतका क्षेत्रमा शक्तिशाली भूकम्पको झट्का महशुस गरिएको छ। भारतीय सिस्मोलोजी सेन्टरका अनुसार ताजकिस्तान केन्द्र बिन्दु रहेको ६ दशमल ३ रेक्टर स्केलको भूकम्प गएको छ।
An earthquake of magnitude 6.1 on the Richter scale hit Amritsar, Punjab at 10:34pm today: National Centre for Seismology
— ANI (@ANI) February 12, 2021







डिसी नेपाल







Facebook Comment