१६ वर्षे किशोरीको सौतेनी पितासँग प्रेम ! आमा र बहिनीलाई आफ्नै चिहान खन्न लगाएर गाडे

डिसी नेपाल
१ फागुन २०७७ १०:२१
2.8k
Shares

काठमाडौं। आफ्नै सौतेनी पितासँग प्रेम भएपछि आफूहरुको बाटो खुल्ला गराउनका लागि आमा र बहिनीको हत्यामा सौतेनी पितालाई सघाउने १६ वर्षकी किशोरी पक्राउ परेकी छिन् । फेब्रिसियो बुइम एरेना बोलिनातो नामका ३६ वर्षका व्यक्तिमाथि आफ्नी पत्नी र ९ वर्षकी सौतेनी छोरीको आरोप छ । रिपोर्टका अनुसार ब्राजिलको पोम्पेइयाका बोलिनातोले पत्नी र छोरीलाई उनीहरुको चिहान आफैं खन्न बाध्य पारेका थिए र हत्यापछि त्यहीँ गाडेका थिए ।

बोलिनातोले आफ्नी पत्नी ३४ वर्षकी क्रिस्टिन पेद्रोसो दोस सान्तोस र ९ वर्षकी सौतेनी छोरी केरोलिन भिटोरिया दोस सान्तोस गुइमरेसको हत्या गरेको स्वीकार गरेका छन् । बोलिनातोलाई मंगलबार मारिलियामा रहेको पुलिस स्टेशनमा सारिएको छ । बोलिनातोले नोभेम्बर २०१९ मा झगडा हुँदा आत्मरक्षामा श्रीमतीको हत्या गरेको दावी गरेका छन् । छोरीलाई भने १ महिनापछि आमाको बारेमा सोध्न थालेपछि घाँटी थिचेर मारेको बताएका छन् ।

मृतक महिलाकी १६ वर्षकी छोरी पनि यो अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेकी छिन् तर उनले भने आमा र बहिनीको हत्या गरेको अस्वीकार गरेकी छिन् । ब्राजिलियन मिडिया जी वनका अनुसार आरोपीले पत्नीको हत्या स्वीकार गरेको अनुसन्धान अधिकारी क्लाउडियो एन्सियाटो फिल्होले बताएका छन् । ‘किशोरीलाई आफ्नो आमासँग समस्या थियो र उनले आमालाई मन पराउँदैनथिन् । पछि उनको सौतेनी पितासँग प्रेम सुरु भयो र उनीहरु महिलाको हत्या गर्न सहमत भए’ फिल्होले भने ‘पहिले उनीहरुले महिलालाई मारे त्यसपछि त्यो अपराध लुकाउन बालिकालाई पनि मारे ।’

ती किशोरीले पुलिसलाई फेब्रुअरी २ मा शवहरु गाडिएको ठाउँ देखाएकी थिइन् । उनीहरुको शवको परीक्षणमा क्रिस्टिनलाई चक्कु प्रहार गरिएको र केरोलिनलाई कुनै वस्तुले टाउकोमा प्रहार गरिएको पाइएको छ । पीडितहरुको शव भेटिएसँगै आरोपी बोलिनातो फरार थिए । उनी सोमबार क्याम्पो ग्राण्डेमा एक निर्माण साइटमा काम गरिरहेको अवस्थामा पक्राउ परेका थिए । बोलिनातोमाथि यौन अपराधको अभियोगमा पनि अनुसन्धान चलिरहेको छ किनकि उनले सौतेनी छोरीसँग सम्बन्ध २०१९ मा सुरु भएको बताएका छन् जतिबेला उनको उमेर १५ वर्ष मात्रै थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *