‘मानवताको लागि मेरो छोराले बलिदान दिनुपर्छ’ भन्दै महिलाले १० वर्षको छोरा मारिदिइन्
काठमाडौं। मानवताको लागि मेरो छोराले बलिदानी दिनुपर्छ भन्दै एक महिलाले आफ्ना १० वर्षका छोराको हत्या गरेकी छिन् । ४० वर्षकी यी महिला वकिल मानसिक समस्यासँग जुधिरहेकी थिइन् । देशव्यापी लकडाउनका कारण ओल्गा फ्रिम्यान नामकी यी महिलाको मानसिक स्थिति अत्यन्तै खराब भएको थियो । उनले छोराको हत्या गर्ने समयमा ओल्गाका पति डीन फ्रिम्यान स्पेनमा थिए । त्यही समयमा ओल्गाले छोरा डिल्लनको हत्या गरिन् ।
ओल्गाको मानसिक स्थितिका कारण उनलाई अस्पतालमा भर्ना गरिएको छ । पश्चिम लण्डनमा बस्ने ओल्गामा छोरा डिल्लन विशेष क्षमतायुक्त थिए र उनलाई २४ घण्टा हेरचाह गरिरहनुपर्थ्यो । यी बालकको मृत्यु हुनुभन्दा पहिलेको ओल्गाको एउटा अडियो पनि भाइरल भइरहेको छ । बीबीसीको रिपोर्टअनुसार त्यो अडियोमा ओल्गाले ‘यो मेरो काम हो । मैले संसारको सन्तुलन कायम गर्नको आफ्नो छोराको बलिदान दिनै पर्छ’ भनेको सुन्न सकिन्छ ।
डिल्लनको हत्या गरेपछि ओल्गाले आत्मसमर्थण गरेकी थिइन् । यो अडियो गोप्त तरिकाले ओल्गाका एक साथीले रेकर्ड गरेका थिए । यस विषयमा मनोविज्ञानी डा. मार्टिन लकले बताएअनुसार ओल्गा डिप्रेसन र बेचैनीसँग जुधिरहेकी थिइन् र उनको स्थिति लकडाउनका कारण झनै खराब भएको थियो । डिल्लनको स्कुल पनि बन्द भएकोले ओल्गाको तनाव थप बढेको थियो । रिपोर्टका अनुसार ओल्गाको स्थिति यतिसम्म बिग्रिइरहेको थियो कि उनी कुराहरु बिर्सिइरहन्थिन् ।







डिसी नेपाल







Facebook Comment