जापानमा ७ रेक्टर स्केलको भूकम्प
काठमाडौं। जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार रातिको ११ बजेर १३ मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु राजधानी टोकियोबाट टाढा रहेको फुकुसिमा प्रान्तमा रहेको बताइएको छ।
जापानमा रहेका नेपालीहरुले टोकियोमा भूकम्पको झट्का महशुस भए पनि क्षति नभएको बताएका छन्। फुकुसिमामा क्षति भएकोबारे विवरणहरु प्राप्त भइनसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment