कोभिडका सबै प्रजातिलाई जित्न सक्ने ‘युनिभर्सल भ्याक्सिन’ यही वर्षभित्र उपलब्ध हुने
काठमाडौं। कोभिडका जुनसुकै स्ट्रेनलाई जित्न सक्ने ‘भुनिभर्सल भ्याक्सिन’ यही वर्षभित्र उपलब्ध हुने वैज्ञानिकले बताएका छन् । युनिभर्सिटी अफ नर्टिघमका बेलायती विज्ञहरुले यस्तो युनिभर्सल भ्याक्सिन विकास गर्दैछन् जसले भाइरस म्युटेट भएसँगै भ्याक्स्निमा परिमार्जन गर्नुपर्ने समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । क्यान्सरको भ्याक्सिन बनाउने बेलायती कम्पनी स्क्यानसेलले नयाँ भेरिएन्ट प्रुफ भ्याक्सिन विकासको लागि विज्ञहरुसँग सहकार्य गरिरहेको छ । यो भ्याक्सिन २०२२ मा तयार हुने द टेलिग्राफलाई उद्धृत गर्दै द सनले जनाएको छ ।
उनीहरुले विकास गरिरहेको युनिभर्सल कोभिड भ्याक्सिनको मानव ट्रायल यो वर्षको दोस्रो छमासिकमा सुरु हुने अपेक्षा गरिएको छ । भ्याक्सिनको मुसामा गरिएको परीक्षणको नतिजा सकारात्मक आएको छ । अहिले भएका भ्याक्सिनहरुले भाइरसको स्पाइक प्रोटिनलाई निशाना बनाउँछन् र भाइरससँग लड्ने क्षमता विकास गर्छन् । तर भाइरसमा यो तत्वको परिवर्तनसँगै यी भ्याक्स्निको प्रभावकारिता पनि प्रभावित हुन्छ । नयाँ युनिभर्सल भ्याक्सिन भने भाइरसको कोरमा रहने फरक किसिमको भ्याक्सिनलाई निशाना बनाउने गरी विकास गरिँदैछ जसका कारण भाइरस म्युटेट भएको अवस्थामा पनि भ्याक्सिनले असर गर्नेछ ।







डिसी नेपाल







Facebook Comment