भ्यालेन्टाइन डेमा पूर्वप्रेमिकालाई जबरजस्ती डेटिङ बोलाउँदा जेलको बास
काठमाडौं। प्रेमी प्रमिकाको लागि भ्यालेन्टाइन डेको महत्व छुट्टै हुन्छ । उनीहरु यो दिन सकेसम्म साथमा बिताउन चाहन्छन् । तर, अमेरिकामा एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकालाई जबरजस्ती डेटिङ बोलाएका कारण जेलको हावा खानुपरेको छ । अमेरिकाको एरिजोनामा एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकालाई भ्यालेन्टाइन डेको दिन डेटमा बोलाएका थिए । तर, पूर्वप्रेमिकाले नमानेपछि उनले पूर्वप्रेमिकालाई अपहरण नै गरे ।
यी व्यक्तिकी पूर्वप्रेमिका दुई सन्तानकी आमा हुन् । महिलालाई अपहरण गरेको आरोपमा पुलिसले ती व्यक्तिलाई पक्राउ गर्यो । १० फेब्रुअरीका दिन पूर्वप्रेमिकालाई अपहरण गरेका यी व्यक्तिको नाम यशायाह कोस्पर्ड भएको बताइएको छ । उनले पूर्वप्रेमिकालाई आक्रमण गरेर अपहरण गर्ने कोसिस गरेका थिए । पूर्वप्रेमिकामाथि आक्रमण गरेको आरोपमा उनलाई पक्राउ गरियो तर पछि रिहा गरियो । तर, भोलिपल्ट फेरि उनी पूर्वप्रेमिकालाई डेटमा लैजाने भन्दै पुनः उनको घरबाहिर पुगे ।
डेलीमेलको रिपोर्टअनुसार पीडितकी माले भनिन् ‘जब उनले ऊसँग डेटमा जान अस्वीकार गरिन्, त्यसपछि युवकले महिलालाई कुटे र जबरजस्ती आफ्नो कारमा लिएर गए । कार कम्तीमा १०० माइल प्रतिघण्टाको गतिमा चलाएका थिए ।’ बाहिर मानिसहरुले यस्तो दृश्य देखेपछि तत्कालै पुलिसलाई खबर गरे । पुलिसले उनलाई पक्राउ गर्नुअघि नै कार दुर्घटनाग्रस्त भयो । आरोपीलाई गिरफ्तार गरेर जेलमा राखिएकोमा पछि ६ हजार डलर धरौटीमा छाडिएको छ ।







डिसी नेपाल







Facebook Comment