यूट्युवमा चर्चा बटुल्दै अरबको खाडीमा

डिसी नेपाल
४ फागुन २०७७ ७:४३
200
Shares

काठमाडौं। रमेश प्रशाई र मिलन नेवारको स्वरमा रहेको ‘अरबको खाडीमा’ बोलको गीतले यूट्युवमा निक चर्चा बटुलेको छ। ५ लाख भन्दा बढीले हेरेको उक्त गीतले नेपाली समाजको वास्तविकतलाई उठाएको छ।

राजनराज शिवाकोटीले सङ्गीत गरेको उक्त गीतको शब्द प्रेम चौलागाईँले लेखेका हुन। चौलागाईँले नेपालको प्रकृति, भूगोल र संस्कृतिसँगको प्रेम, सम्पती र संघर्षको द्वन्द्वलाई शब्दमा उतारेका छन्।

अरबमा रहेका नेपाली र नेपालमा रहेकी प्रेमिकाको संवादमा बनाइएको गीतले नेपाल बाहिर जानेले आफ्नै कथा बोकेको भन्दै रुचाएका छन्। जनवरी २१ तारिखमा उक्त गीत प्रेम आदित्य नामक यूट्युव च्यानलमा अपलाेड गरिएकाे छ।

गीतमा राजेश पोमा राईको निर्देशन, योगेन्द्र राई र शिशुका राईको कलात्मक अभिनयले मौलिकपन दिएको छ। गायक प्रशाईँले गीतको शव्दले मन छोएका कारण आफूले गाएको प्रतिक्रिया दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *