८० करोड बराबरको इक्विटी फण्ड निष्काशन गर्दै कुमारी क्यापिटल

डिसी नेपाल
६ फागुन २०७७ १२:५७
124
Shares

८० करोड बराबरको इक्विटी फण्ड निष्काशन गर्दै कुमारी क्यापिटल
काठमाडौं। कुमारी क्यापिटलले फागुन १४ गतेदेखि सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १ सय देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्थो छ। यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

क्यापिटलका अनुसार फण्डको इकाईमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। यदि उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भने फागुन २८ गतेसम्म आवेदन दिन सकिने छ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.