अस्ट्रेलियामा फेसबुक खोल्दा समाचारजति बेपत्ता

डिसी नेपाल
६ फागुन २०७७ १७:२७
132
Shares

काठमाडौं। बिहीबार बिहान उठेर अस्ट्रेलियामा बस्नेहरुले फेसबुक खोल्दा न्यूज फिड रित्तै थियो । उनीहरुले फेसबुकमा कुनै पनि समाचार देख्न पाएनन् । अस्ट्रेलिया सरकारसँग विवादपछि फेसबुकले अस्ट्रेलियामा सबै किसिमका मिडिया सामग्रीमाथि रोक लगाएको थियो । यसलाई भविष्यमा विश्वव्यापी रुपमा लागू गरिने नियमको परीक्षणको रुपमा हेरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार फेसबुकको यो कदमको समाचार उत्पादक, राजनीतिज्ञ र मानवअधिकारकर्मीहरुले भने आलोचना गरेका छन् किनकि फेसबुकबाट समाचारसँगै आधिकारिक स्वास्थ्य पेज, आकस्मिक सुरक्षा चेतावनी, र कल्याण नेटवर्क पनि हटाइएका छन् । ‘फेसबुकको स्वास्थ्य र आपतकालीन सेवाका जरुरी सूचना सेवा रोकेर अस्ट्रेलियालाई अनफ्रेण्ड गर्ने कार्य निराशाजनक छ’ प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो फेसबुकमा लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *