सर्वोच्चको गेटबाटै फेरि पक्राउ परे बाँस्तोला
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले सर्वोच्च अदालतेका गेटबाट पक्राउ गरेको छ।
बन्दीप्रत्यक्षीकरणको आदेशमा छाड्ने आदेश दिए पनि उनलाई बाहिर निस्कने बित्तिकै प्रहरीले पक्राउ गरेको हो। न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बाँस्तोलालाई फरक आस्था र विचार राखेका कारण थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गरिदिन केही बेरअघि मात्रै आदेश दिएको थियो ।
बाँस्तोलालाई रिहा गर्न माग गर्दै अनिमा वाँस्तोला भण्डारीले माघ २८ गते दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै तत्काल छाड्न आदेश दिएको थियो।
यो पनि….
विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
No ads found for this position


डिसी नेपाल
Facebook Comment