विप्लव समूहका न‍ेता धर्मेन्द्र बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

डिसी नेपाल
१० फागुन २०७७ १६:५२
144
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बाँस्तोलालाई फरक आस्था र विचार राखेका कारण थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गरिदिन आदेश दिएको हो ।

पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलालाई रिहा गर्न माग गर्दै अनिमा वाँस्तोला भण्डारीले माघ २८ गते दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै तत्काल छाड्न आदेश दिएको हाे।

यसअघि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले माघ १५ गते बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो ।

समूहका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।  बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको आरोप लागेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *