चर्चित अभिनेत्री पोर्न उद्योगमा प्रवेश गर्दै

डिसी नेपाल
११ फागुन २०७७ १०:५३
1.5k
Shares

काठमाडौं। अस्ट्रेलियाकी चर्चित अभिनेत्री पोर्न उद्योगमा प्रवेश गर्ने भएकी छिन् । टिभी शो नेबर्स, रेइन लगायतबाट चर्चित भएकी अभिनेत्री केटलिन स्टेसीले आफू निर्देशकको रुपमा पोर्न फिल्ममा प्रवेश गर्न लागेको बताएकी छिन् । उनले २०२० मै पोर्न फिल्म उद्योगमा करिअर सुरु गर्ने तयारी गरेकी थिइन् तर कोरोनाभाइरस महामारीका कारण उनको योजना पछि सरेको थियो ।

सेभेन न्यूज अस्ट्रेलियाका अनुसार स्टेसीले २००५ देखि २००९ सम्म टिभी शो नेबर्सबाट निकै लोकप्रियता हासिल गरिरहेकी थिइन् । अस्ट्रेलियाको यो शोमा स्टेसीले रेचल किंस्कीको भूमिका निभाएकी थिइन् । स्टेसीले पोर्नोग्राफी करिअर सुरु गर्न लागेको विषयमा कुरा गर्दै भनिन् ‘कोरोनाकालमा फिल्म सुटिङ गर्नु असम्भव नै थियो यद्यपि हामीले फेब्रुअरीमा सुटिङ गर्ने तयारी गरेका थियौं तर लगत्तै सबै कुरा खराब हुन थाल्यो ।’

स्टेसीका अनुसार उनले आफ्टरग्लो नामको कम्पनीको साथमा मिलेर पहिलो फिल्म बनाउँदैछिन् । उनले यो कम्पनीमा सबै महिलाहरु भएको र उनीहरुले निकै राम्रो काम गरिरहेको बताउँदै आफू आफ्नो निर्देशन करिअरलाई लिएर उत्साहित भएको बताइन् । स्टेसीले लुकास नेफसँग बिहे गरेकी थिइन् तर यसको केही समयमै यी दुईले छुट्टिने निर्णय गरे । स्टेसीले हालै ब्रिज एण्ड टनलको सुटिङ सकेकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *