सर्वोच्चको फैसलाले मुलुकलाई द्वन्द्व र संकटबाट जोगाएको छ : उपेन्द्र यादव

डिसी नेपाल
११ फागुन २०७७ १८:५७
136
Shares

काठमाडौं। जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागत योग्य भएको बताएका छन्। उनले सर्वोच्चको फैसलाले संविधानवाद, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको उल्लेख गर्दै फैसालाले मुलुकलाई द्वन्द्व र सकटबाट जोगाएको टिप्पणी गरे।

‘प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्चले सच्याएको छ, यो फैसलाले सविधानवान, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको छ,’ यादवले डिसी नेपालसँग भने, ‘हाम्रो पार्टी यो फैसालाको स्वागत गर्दर्छ।’

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *