सर्वोच्चको फैसलाले संविधान बचायो : महामन्त्री कोइराला
फाइल फाेटाे
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाले पञ्चायती कालमा पनि नटुटेको विश्वासलाई फेरि सिद्ध गरेको बताएका छन्।
विपी कोइराला र गणेशमान सिंहजस्ता नेतामाथि ज्यान मुद्दा लाग्दासमेत सर्वोच्चले न्याय दिएको उल्लेख गर्दै महामन्त्री कोइरालाले विगतको विश्वासलाई निरन्तरता दिँदै विधिमा टेकेर न्याय दिएको आफूले महशुश गरेको बताएका छन्।
‘पञ्चायत कालमा पनि नटुटेको विश्वासलाई सर्वोच्चले फेरि सिद्ध गरेको छ,’ महामन्त्री कोइरालाले डिसी नेपालसँग भने, ‘यो स्वागत योग्य फैसला हो। सर्वोच्चले मुलुकलाई फेरि सही ट्रयाकमा ल्याएका छ। यो फैसलाले संविधान बचाएको छ।’
सर्वोच्चको फैसलापनि अब कांग्रेस सरकारमा जाने हतारो गर्न नहुने उनले बताए। ‘अब हामी सरकारमा जान हतार गर्नु हुँदैन। सरकार बनाउने बेला हाम्रो सहमति आवश्यक पर्छ भने सहयोग गर्ने हो। अब हाम्रो सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्नुपर्छ,’ उनले भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment