महिलाहरु पुरुषलाई आफ्ना यी ५ कुरा कहिल्यै बताउँदैनन्

डिसी नेपाल
१७ फागुन २०७७ १७:१४
520
Shares

काठमाडौं। भनिन्छ, महिला तथा केटीहरूको जीवनमा थुप्रै रहस्यहरू हुन्छन्। महिलाहरूको जीवनलाई रहस्यको पर्यायवाची पनि भन्ने गरिन्छ । केटीहरूको मनमा के भइरहेको छ, त्यो पढ्न कठिन मात्रै होइन असम्भव नै हुन्छ पनि भन्ने गरिन्छ । यसको अर्थ केटीहरूले आफ्नो पुरुष साथीबाट धेरै कुरा लुकाउँछन्। यद्यपि उनहिरुले डरका कारण ती कुराहरु लुकाउने होइन बरु उनीहरु आफ्नो व्यक्तिगत जीवनमा ती कुराहरूसँग निकै नजिकसँग जोडिएका हुन्छन् ।

हालै सामाजिक संजालमा गरिएको एक सर्वेक्षणमा महिलाहरुलाई उनले आफ्नो श्रीमान वा प्रेमीबाट लुकाउन चाहेका कुराहरु के के हुन् भनेर सोधिएको थियो । सर्वेक्षणको रिपोर्टले महिलाहरूले कुनै पनि हालतमा आफ्नो साथीलाई बताउन नचाहने कुराहरू के के हुन् भन्ने केही हदसम्म खुलासा गर्छ ।

तपाईंलाई लाग्न सक्छ तपाइँको जीवनमा भएकी महिलाले जीवनमा सबैभन्दा राम्रो अनुभव तपाइँको साथमा नै गरेकी छिन् तर तपाइँ गलत हुन सक्नुहुन्छ । किनकि उनले आफ्ना केही खास अनुभवहरुलाई तपाइँबाट लुकाइरहेकी हुन सक्छिन् । महिलाहरु आफ्नो छविका विषयमा निकै सजग हुन्छन् । उनीहरु कसैको अगाडि पनि आफ्नो छवि बिग्रियोस् भन्ने चाहँदैनन् । उनीहरु आफ्नो पुरानो प्रेम प्रसंगका कारण वर्तमान साथीलाई असहजता होस् भन्ने चाहँदैनन् । पुरुषहरुलाई आफू आफ्नी महिला साथीको पूर्व प्रेमीभन्दा राम्रो छु कि छैन भन्ने विषयमा धेरै उत्सुकता हुन्छ तर महिलाहरु यो कुरा बताउन चाहँदैन ।

यदि तपाइँले लुकेरै महिलाहरुको कुरा सुन्नुभएन भने महिलाहरु आफ्ना महिला साथीहरुसँग कस्ता कुरा गर्छन् भन्ने कुरा पनि तपाइँले थाहा पाउन सक्नुहुन्न किनकि महिलाहरु यस्ता कुरा पुरुष साथीलाई कुनै हालतमा बताउन चाहँदैनन् । महिलाहरु जुन कुरा आफ्ना पुरुष साथीलाई बताउन डराउँछन् वा हिच्किचाउँछन् ती कुराहरु महिला साथीसँग भने मजाले खुलेरै गर्छन् । आफ्ना कुरा मात्रै होइन उनीहरु आफ्ना महिला साथीका कुराहरु पनि आफ्ना श्रीमान वा प्रेमीसँग लुकाउन पछि हट्दैनन् ।

महिलाहरु आफ्नो मेकअप सिक्रेटबारे आफ्ना श्रीमान वा प्रेमीले थाहा पाउन् भन्ने पनि चाहँदैनन् । उनहिरु आफ्ना श्रीमान वा प्रेमीका अगाडि सुन्दर देखिन चाहन्छन् र यसको लागि धेरै उपायहरु अपनाउँछन् । तर, उनीहरु सुन्दर देखिनको लागि के के उपाय अपनाउँछन् भन्ने पुरुष साथीलाई थाहा होस् भन्ने चाहँदैनन् ।

प्रेममै महिलाको अस्तित्व हुन्छ भन्ने कुरा सत्य हो । तपाइँसँग आउनुभन्दा पहिले पनि तपाइँकी महिला साथीको जीवन थियो । त्यो समयमा उनको कोही पुरुष साथी पनि थियो होला । यदि तपाइँ तपाइँकी महिला साथीले पूर्व पुरुष साथीको बारेमा के सोच्छिन् भन्ने जान्न चाहनुहुन्छ भने यो प्रयास नगर्दा नै राम्रो किनकि महिलाहरु यी कुरा बताउँदैनन् । महिलाहरु आफ्नो अतीतका कारण आफ्नो वर्तमान खराब होस् भन्ने चाहँदैनन् ।

अधिकांश महिलाहरू आफ्नो पति वा प्रेमीको अगाडि आफ्नो परिवारको छविबारे एकदमै सचेत हुन्छन् । आफ्ना दिदी बहिनी, आफ्नी आमा वा परिवारको छविसँग सम्बन्धित सबै कुराबारे गोप्य राख्न महिलाहरु पछि हट्दैनन् । तथापि, एउटा तथ्य यो पनि हो कि महिलाहरू प्रायः बोलीमा काँचो हुन्छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *