फिल्मबाट टाढा रहेकी विपाशाले इन्टरनेटको गर्मी बढाइन्, २२ तस्वीरहरु

डिसी नेपाल
२४ फागुन २०७७ १६:२७

काठमाडौं। बलिउड अभिनेत्री विगत ६ वर्षदेखि फिल्मबाट टाढा छिन् । पछिल्लो पटक २०१५ मा उनको फिल्म अलोन आएको थियो । त्यसपछि उनी फिल्मबाट टाढा छिन् । ५ वर्षको अन्तरालपछि २०२० मा उनी वेब सिरिज डेन्जरसमा देखिइन् । बिक्रम भट्टले लेखेको र भूषण पटेलले निर्देशन गरेको यो सिरिजमा उनी आफ्ना पति करण सिंह ग्रोवरको साथमा देखिएकी थिइन् ।

लामो समयदेखि फिल्मबाट टाढा भए पनि विपाशा सामाजिक संजालमा भने निकै सक्रिय छिन् । उनी सामाजिक संजालमा फोटो र भिडियो शेयर गरिरहन्छिन् । पछिल्लो समय उनले आफ्ना केही बोल्ड फोटोहरु शेयर गरेर सामाजिक संजालमा गर्मी बढाएकी छिन् । हालै विपाशा पति करण सिंह ग्रोवरसँग माल्दिभ्स विदा मनाउन गएकी थिइन् । यी तस्वीरहरु त्यहीँ खिचिएका हुन् । यी तस्वीरहरु सामाजिक संजालमा निकै मन पराइएका छन् । विपाशा सामाजिक संजालमा निकै लोकप्रिय छिन् । उनका ८ मिलियनभन्दा धेरै फलोअर छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *