सल्लाह गरेरै छुट्टिए प्रचण्ड–माधव, नेकपाको नाममा सोमबार अन्तिम बैठक
काठमाडौं। २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपा सर्वोच्च अदालतले खारेज गरेसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएर सक्रिय हुने प्रक्रिया शुरु भएको छ। खारेज भएको नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटीको सोमबार अन्तिम बैठक बसेको छ।
तत्कालिन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सोमबार प्रचण्ड–माधव समूहको बैठक बसेर पूर्व माओवादीले माओवादी सक्रिय गर्ने पूर्व एमालेले एमाले सक्रिय गर्ने गरी निर्णय भएको नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनले सर्वोच्च अदालतको फैसला राजनीतिक प्रकृतिको रहेकाले गम्भीर असहमित भए पनि राजनीतिक रुपमा एमाले र माओवादी सक्रिय हुने बताए।
नेकपा क्रियाशील रहँदा सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्न गठजोड गरेका तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सल्लाहा नै गरेर सोमबारबाट छुट्टिएका छन्।
पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले निर्वाचन आयोगमा एमाले र माओवादी अर्कैको नाममा दर्ता रहेकाले कसरी सक्रिय हुने हेरेर आगामी रणनीति तय गरिने बताए। उनले आफूहको छाती चौडा रहेकाले सबै वामपन्थीलाई एक ठाउँमा ल्याउन पहल गरिने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment