प्रचण्डले सक्रिय बनाए माओवादी केन्द्र, स्थायी कमिटी बैठक सुरु
काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन माओवादी केन्द्रलाई ब्युँताइदिएपछि तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सक्रिय बनाएका छन्।
माओवादी केन्द्रलाई सक्रिय बनाउँदै प्रचण्डले मंगलबार पार्टी स्थायी समितिको बैठकसमेत बोलाएका छन्।
अहिले पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिएका छन्। उनका अनुसार बैठकमा परिवर्तित राजनीतिक अवस्थाबारे छलफल हुनेछ। अब अगाडि कसरी बढ्ने भन्ने विषयमा पनि छलफल हुने उनले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment