बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली संसदमा
काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दैछ। अहिले केही समयपछि संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली संसदमा प्रवेश गरेका छन्।
अहिले विभिन्न राजनीतिक दलका नेता संसदमा प्रवेश गर्ने क्रम सुरु भएको छ। २३ गते बसेको पहिलो संसद बैठकमा तत्कालीन नेकपा प्रचण्ड–नेपाल समूहले बहिष्कार गरेको थियो भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment