हरि उप्रेतीको ‘किन मन उदास उदास’ सार्वजनिक

डिसी नेपाल
२६ फागुन २०७७ २१:११
108
Shares

काठमाडौं । अमेरिकामा बस्दै आएका गीतकार हरि उप्रेतीको ‘किन मन उदास उदास’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गितमा उप्रेतिको शब्द तथा लोकप्रिय गायक शिशिर योगिको स्वर एवं संगित रहेको छ भने मनोहर सुनामले संगित संयोजन गरेका छन् ।

पछिल्लो समय नेपाली समाजमा देखिएको विदेश मोह र त्यसले निम्त्याएको समस्यालाई भिडियोमा प्रस्तुत गरिएको छ । यस गीतको भिडियोलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् भने भिडियोमा सोहित मानन्धर , रस्मि श्रेष्ठ , बेनिश भण्डारीको अभिनय रहेको छ । बालकलाकारको रुपमा भने हार्दिकता घिमिरेको अभिनय भिडियोमा देख्न सकिन्छ ।

खेम थापा मगरको छायांकन रहेको यस भिडियोलाइ बिरेन्द्र भाट बिपिनले सम्पादन गरेका हुन् । भिडियो एच पि इन्टरटेन्मेन्टको यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.