दुई पटक सगरमाथा चढेकी करीनाको चकित पार्ने कारनामा, ११ सय डिग्री सेल्सियसको ज्वालामुखी पार गरिन्
काठमाडौं (एजेन्सी)। ब्राजिलकी करीना ओलियानीले दुई पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छन्। उत्तरी र दक्षिणी दुबैतर्फबाट उनले सगरमाथा आरोहण गरेकी छन्।
स्काइ डाइभिङ उनका लागि सामान्य खेल हो। उनी साहसिक यात्राका लागि विश्वभर परिचित छिन्। उनले हालै इथोपियाको एक ज्वालाखुकी क्रकेटर पार गरेर विश्वलाई नै चकित पार्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी छन्।
समाचार अनुसार करीनाले इथोपियाको लाभा लेक पार गरेकी हुन्।
View this post on Instagram
समाचार अनुसार सो ज्वालामुखी रहेको क्षेत्रलाई पृथ्वीकै सबैभन्दा ग्रमी स्थान मानिन्छ। करीनाले सो क्रेटर पार गर्दा त्यहाँको तापक्रम ११८७ डिग्री सेल्सियस थियो। उनले डोरीको माध्यमबाट सो क्रेटर पार गरेको भिडियो उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी छन्।
करीनाले यसअघि समुद्रको सबैभन्दा खतरनाक माछा सार्कसँगै पौडीसमेत खेलिसकेकी छन्। पेशाले उनी चिकित्सक पनि हुन्। उनीसँग चिकित्सकका दुईवटा प्रमाण पत्र रहेको बताइएको छ। त्यसमात्र होइन। उनीसँग हेलिकोप्टर पाइलटको लाइसेन्ससमेत छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment