चौथो बिहे गर्न लागेकी हिरोइनलाई ब्वाइफ्रेण्डले दिए धोका, २ पटक बिहे सारेपछि बिहे नै रद्द

डिसी नेपाल
२९ फागुन २०७७ १२:५३
1.1k
Shares

काठमाडौं। हलिउड अभिनेत्री तथा यागिका जेनिफर लोपेज र उनका हुनेवाला पति एलेक्स रोड्रिग्वेजको सम्बन्ध समाप्त भएको छ । न्यूयोर्क पोस्टको पेज सिक्स म्यागजिनले सूत्रको हवाला दिँदै बताएअनुसार यो जोडीले ४ वर्षसम्म साथमा रहेपछि इंगेजमेन्ट तोडेका हुन् । जेनिफर र एलेक्सलाई पछिल्लो पटक १ मार्चमा डोमिनिकन रिपब्लिकमा साथमा देखिएको थियो । त्यहाँ जेनिफरले एक फिल्मको सुटिङ गर्दैछिन् ।

शुक्रबार एलेक्सले आफ्नो एक्लो फोटो पोस्ट गरेका थिए जसलाई उनीहरु अलग भएको संकेत मानिएको छ । ५१ वर्षकी जेनिफर र ४५ वर्षका एलेक्सले २ वर्षको डेटिङपछि २०१९ को मार्चमा बहामासमा इंगेजमेन्ट गरेका थिए । कोरोना महामारीमा यी दुईले परिवारको साथमा समय बिताएका थिए । जेनिफरका २ छोरा म्याक्सिमिलान डेभिड र एम्मे मारिबेल तथा एजेक्सका छोरीहरु एला र नताशा उनीहरुको साथमै थिए ।

गएको महिना मात्र एलेक्सले अमेरिकी शो साउदर्न चार्मकी अभिनेत्री मेडिसन लिक्रोयसँग सम्बन्ध सुरु गरेको खबर बाहिरिएको थियो । जेनिफर र एलेक्स छुट्टिनुको कारण लिक्रोय हुन सक्ने अनुमान गरिए पनि स्पष्ट भने छैन । लिक्रोयले पेज सिक्ससँग कुरा गर्दै आफूले एलेक्ससँग फोनमा कुरा गरेको भए पनि नभेटेको दावी गरेकी थिइन् । उनले एलेक्ससँग आफ्नो कहिल्यै शारीरिक सम्बन्ध नरहेको र उनले जेनिफरलाई धोका नदिएको दावी गरेकी थिइन् ।

जनवरीमा जेनिफरले कोरोनाभाइरस महामारीका कारण एलेक्ससँग आफ्नो बिहे २ पटक सरेको बताएकी थिइन् । उनले एल्ले म्यागजिनसँग कुरा गर्दै भनेकी थिइन् ‘हामीले आफ्नो बिहेलाई २ पटक स्थगित गर्यौं । हामीले आफूले गर्न चाहेको सबै कुराको योजना बनाएका थियौं तर अब यस्तो हुन सक्ला भन्ने लाग्दैन । त्यसैले हामीले बिहे रद्द गरेका छौं । अहिले कुनै हतार छैन । हामी बिहे सही तरिकाले गर्न चाहन्छौं ।’

जेनिफरले यसअघि ३ पटक बिहे गरिसकेकी छिन् । उनले सबैभन्दा पहिले मियामीका वेटर ओजानी नोआसँग बिहे गरेकी थिइन् । यो बिहेपछि जेनिफरले निकै कानुनी समस्याको सामना गर्नुपरेको थियो । ११ महिनापछि यो बिहे तोडियो । त्यसपछि जेनिफरले २००१ मा डान्सर क्रिस जुडसँग बिहे गरिन् । यो बिहे केवल ९ महिना मात्रै टिक्यो । क्रिसपछि जेनिफरको जीवनमा मार्क एन्थोनी आए । मार्कसँग जेनिफरका जुम्ल्याहा छोरा छन् । यी दुई २०११ मा छुट्टिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.