अवार्ड दिन आएकी अभिनेत्रीले स्टेजमा आएर सबै कपडा खोलिदिएपछि…
काठमाडौं। एक जना फ्रान्सेली अभिनेत्रीले सन्देश दिनको लागि एक सार्वजनिक पुरस्कार समारोहमा आफ्नो लुगा फुकालिन् र ‘कोरोना महामारीको यस युगमा कला र संस्कृति बचाउन सरकारले केही कदम चाल्नुपर्छ’ भन्ने सन्देश पठाइन्। ५७ बर्षीय कोरेन मासिरोले सिजर अवार्ड समारोहको स्टेजमा यस्तो गरेकी हुन् । सिजर अवार्ड फ्रान्सको ओस्कार बराबर मानिन्छ ।
मासिरो गधाको पोसाक लगाएर मञ्चमा पुगेकी थिइन् र त्यसको मुनि उनले रगत लत्पतिएको एक ड्रेस लगाएकी थिइन् । उनले स्टेजमा गएर दुवै पोसाक खोलिन् । फ्रान्सका सिनेमाघरहरू तीन महिनाभन्दा बढी समयदेखि बन्द छन् र धेरै कलाकारहरू सरकारको यो निर्णयबाट असन्तुष्ट छन्। सिजर अवार्ड समारोहका आयोजकले मसिरोलाई ‘बेस्ट कस्टयुम’ (फिल्ममा उत्कृष्ट पहिरन) को अवार्ड प्रदान गर्न निम्ता दिएका थिए । तर आफ्नो लुगा फुकालेर मासिरोले सभागृहमा बसिरहेका सबै जनालाई चकित पारिदिइन् ।

तिनको शरीरमा केही सन्देशहरू लेखिएका थिए। पिठ्युँमा उनले लेखेकी थिइन् संस्कृति नभए भविष्य छैन । फ्रान्सेली प्रधानमन्त्री जिएन कास्टेक्सको लागि उनले आफ्नो ढाडमा लेखेको अर्को सन्देश थियो, ‘हामीलाई हाम्रो कला फिर्ता देऊ जिएन ।’ सोही समारोहमा अन्य केही कलाकारले पनि मसिरो निर्वस्त्र हुनुअघि नै सरकारसमक्ष यस्तो अपिल गरेका थिए ।
सिजर अवार्डमा यसपटकको बेस्ट स्क्रिनप्ले अवार्ड जितेकी स्टेफनी डेमोसियरले भनिन्, ‘मेरा बच्चाहरु जाराको स्टोरमा सपिङ गर्न जान सक्छन् तर उनीहरु फिल्म हेर्न जान सक्दैनन् । यो बुझ्नै नसकिने कुरा हो ।’ गत वर्षको डिसेम्बर महिनामा सयौं कलाकार, चलचित्र निर्देशक, संगीतकार, चलचित्र समालोचक र कलाका अन्य धेरैले पेरिसमा सरकारविरुद्ध प्रदर्शन गरेका थिए। उनीहरुले जसरी अन्य क्षेत्रमा प्रतिबन्ध हटाइयो त्यसैगरी कला केन्द्रबाट पनि प्रतिबन्ध हटाइनुपर्ने माग गरे ।
यस वर्ष अल्बर्ट डुपोंटेलको चलचित्र गुडबी मोर्मोन्सलाई सिजर अवार्ड समारोहमा सर्वोत्कृष्ट चलचित्रबाट सम्मानित गरिएको थियो । डेनमार्कमा सम्पन्न डेनिस चलचित्र ‘अनादर राउण्ड’ ले सर्वोत्कृष्ट बिदेशी चलचित्र पुरस्कार हात पारेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment