एमाले नेपाल–खनाल समूह ३ वटा प्रदेशमा स्थायी समिति सदस्यविहीन, भूगोल मिचेर दिइयो जिम्मेवारी

डिसी नेपाल
१ चैत २०७७ १६:२७
1.7k
Shares

काठमाडौँ। पुनःस्थापित एमालेको नेपाल–खनाल समूहमा प्रदेश दुई, गण्डकी र कर्णाली प्रदेशबाट स्थायी समितिमा कोही सदस्य नभएपछि घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई क्रमशः प्रदेश दुई र कर्णाली प्रदेशमा प्रदेश इन्चार्ज तोकेको छ।

सो समूहको केन्द्रीय सदस्य र सांसदहरुको शनिबार बसेको बैठकले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुुदूरपश्चिम प्रदेशमा भीम रावललाई आफ्नो समूहको इन्चार्ज तोकेको छ।

अरु प्रदेश इन्चार्जहरु सम्बन्धित प्रदेशबाटै तोकिएको भए पनि गण्डकी, प्रदेश दुई र कर्णालीमामात्र फरक प्रदेशका नेतालाई इन्जार्चको जिम्मेवारी तोकिएको छ। दाङ निवासी ज्ञवालीलाई त लुम्बिनी र कर्णालीसहित दुईवटा प्रदेशको जिम्मेवारीको तोकिएको छ।

नेकपा एमालेको बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल रौतहट जिल्ला प्रदेश २ का बासीन्दा हुन्। प्रदेश नम्वर २ मधेशी समुदायको बाहुल्यता भएको प्रदेश हो। एमाले विवाद् उत्कर्षमा पुगेको बेला बरिष्ठ नेता नेपाल समूहले प्रधानमन्त्री केपी शार्मा ओली समूहबिरुद्ध समानन्तर कमिटी बिस्तार गर्ने निर्णय गरेपछि शनिवार आफू निकट केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नेकपा एमाले उपहासचिव घनश्याम भुसाललाई प्रदेश २ को ईन्चार्ज तोकेको छ। भुसाल रुपन्देही क्षेत्र नम्वर ३ बाट निर्वाचित सांसद हुन्। भने लुम्बिनी प्रदेशका बासिन्दा हुन्।

यतिमात्र होइन गण्डकीको इन्चार्ज पनि सुरेन्द्र पाण्डेलाई बनाइएको छ। पाण्डे चितवनबाट निर्वाचित सांसद हुन्। उनी बागमती प्रदेशका वासिन्दा हुन्। तर, उनलाई पार्टीले गण्डकी प्रदेशको जिम्मेवारी दिएको छ।

लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश ईन्चार्ज युवराज ज्ञवाली

त्यसैगरी नेपाल–खनाल समूहले दाङ जिल्ला निवासी युवराज ज्ञावलीलाई लुम्बिनी र कर्णाली प्रदेशको इञ्चार्ज तोकेको छ। नेपाल समूहबाट ज्ञवाली लुम्बिनी र कर्णाली प्रदेशका ईन्चार्ज तोकिएका छन्।

यस बिषयमा डिसी नेपालको प्रश्नमा नेपाल–खनाल समूहका प्रचार बिभाग प्रमुख योगेश भट्टराई भन्छन्, ‘प्रदेश इन्चार्जका लागि स्थायि समिति सदस्य नै हुनुपर्ने हुनाले हाल ती प्रदेशबाट कोही पनि स्थायी समिति सदस्य नभएकोले यस्तो गरिएको हो।’ भट्टराई भन्छन्, ‘यो जिम्मेवारी अस्थायी हो। चैत ४ र ५ गते तोकिएको राष्ट्रिय भेला लक्षित कार्यक्रम सम्पन्न गराउनका लागि तत्काल यसो गरिएको हो।’

विभाजन तर्फ एमाले

गत फागुन २३ गतेको सर्बोच्च अदालतको फैसलापछि पुनःस्थापित भएको एमाले अहिले बिभाजनको संघारमा पुगेको आँकलन गर्न थालिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार आयोजना गरेको आफुपक्षीय केन्द्रीय सदस्यहरुको भेलाले नेपाल–खनाल समूहको नेताहरुको विभागीय र प्रदेश इन्चार्जको जिम्मेवारी खोसेका थिए।

उक्त ठाउँमा माओवादी (केन्द्र) छाडेर प्रधानमन्त्री ओली समूहमा नै बस्ने निर्णय लिएका २३ जना पूर्व माओवादी नेताहरुलाई केन्द्रीय सदस्य मनोनयन गरेपछि नेपाल समूह आफू नै मुलधार भएको दाबी गर्दै समानन्तर गतिविधि गर्ने निष्कर्षमा पुगेको हो।

खनाल–नेपाल समूहका केन्द्रीय सदस्य र सांसदहरूको शनिबार बसेको बैठकले आउँदो ४ र ५ गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । यो समूहले ओलीको कदमविरुद्ध संगठित पहल गर्न राष्ट्रिय भेला आयोजना गर्ने भएको हो ।

भेलामा मुलुकभरका स्थानीय र प्रदेश तहबाट निर्वाचित जनप्रतिनिधिलाई समेत बोलाइएको पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । राष्ट्रिय भेलाले पार्टीको भावी दिशा र निर्णयका लागि औपचारिक धारणा तय गर्नेछ । र प्रधानमन्त्री ओलीले ७ गते बोलाइएको केन्द्रीय सदस्य बैठकमा ४ र ५ गते राजधानीमा हुने राष्ट्रिय भेलाको निर्णयले फैसला गर्ने नेता खतिवडाले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *