कलेजमा प्रेम प्रस्तावपछि अंकमाल गरेका दुई विद्यार्थीलाई विश्वविद्यालयले निकालिदियो

डिसी नेपाल
२ चैत २०७७ १२:०५
1.5k
Shares

काठमाडौं। कलेजमा प्रेम प्रस्ताव राखेपछि अंकमाल गरेका एक जोडीलाई विश्वविद्यालयले निष्काशन गरेपछि यो विषयले अहिले सामाजिक संजाल तातेको छ । विश्वविद्यालयको यो निर्णयको समर्थन र विरोधमा मानिसहरु विभाजित भएका छन् । पाकिस्तानी अखबार डनका अनुसार पाकिस्तानको युनिभर्सिटी अफ लाहोरले शुक्रबार कलेज परिसरमा अंकमाल गरेका यी जोडीलाई विश्वविद्यालयबाट निश्काहित गर्ने निर्णय गरेको थियो ।

विश्वविद्यालयका रजिष्ट्रारबाट जारी गरिएको एक वक्तव्यका अनुसार विशेष अनुशासन समितिको एक बैठक मार्च १२ का दिन बिहान साढे १० बजे बसेको थियो । बैठकमा यी दुई विद्यार्थीलाई उपस्थित हुन बोलाइएको थियो तर उनीहरु उपस्थित भएनन् । त्यसपछि बैठकले ती दुवैलाई विश्वविद्यालयबाट निष्काशित गर्ने र विश्वविद्यालय अन्तर्गतका कुनै पनि कलेजमा पुनः प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

विश्वविद्यालयले उनीहरुले सामान्य अनुशासनात्मक नियम र आचारसंहिताको दफा ९ को उल्लंघन गरेको बताएको छ । यी नियमहरु अनलाइनमा प्रकाशित छैनन् । यो घटनाका कैयौं भिडियोहरु अनलाइनमा पोस्ट गरिएका छन् । भिडियोमा एक युवतीले युवकलाई गुलाफका फूल र एउटा कार्ड दिएको देखिन्छ । त्यसपछि उनी घुँडाले टेकेर युवकलाई फूलको बुके दिन्छिन् । युवकले फूलको बुके लिन्छन् र युवतीलाई उठाएर अंकमाल गर्छन् । वरिपरी विद्यार्थीहरुको भिडले उनीहरुलाई हौसला दिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.