कुरा मिलेन, फेरि छलफल हुन्छ, समय तय भएको छैन : भीम रावल

डिसी नेपाल
२ चैत २०७७ १४:०३
288
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आजको वार्ताबाट कुरा नमिलेको बताएका छन्। धुम्बारहीस्थित पार्टी कार्यलयमा आज भएको वार्ताबाट कुनै पनि निष्कर्ष नआएको बताएका छन्।

वार्तापछि पत्रकारहरुसँग कुरा गर्दै रावलले भने, ‘आज कुरा मिलेन, फेरी छलफल हुन्छ, समय तय भएको छैन।’ उनले अध्यक्ष ओलीले फागनु २८ गते प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लिएको अडान फिर्ता लिनुपर्ने अडान राखेको भीम रावलले जानकारी गराएका छन्।

फागनु २८ गते पार्टी अध्यक्ष ओलीले पदाधिकारीहरुलाई हटाएका थिए। नेकपामा भएका पदाधिकारी हटाएर माओवादीका केही नेताहरुलाई जिम्मेवारी दिएका थिए।

फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले ब्युताइदिएपछि ओली समूह र माधवनेपाल समूह अलगअलग भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *