फ्रान्स, जर्मनी र इटालीमा पनि एस्ट्राजेनेकाको खोपमाथि प्रतिबन्ध

डिसी नेपाल
२ चैत २०७७ २३:२३
32
Shares

बर्लिन (एजेन्सी)। एस्ट्राजेनेकाको उत्पादनमा बनेको कोरोना भाइरसविरुद्धको खोपमा एकमाथि अर्को देशमा प्रतिबन्ध लागिरहेका बेला यूरोपका तीन शक्तिशाली मुलुकहरु पनि अस्थायी प्रतिबन्ध लगाइएको छ। न्यूयोर्क टाइम्सका अनुसार जर्मनी, फ्रान्स र इटालीले सो खोपमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएका छन्।

यो खोप लगाउने मानिसहरुमा रगत जम्ने समस्या देखिएको भन्दै अन्य केही यूरोपेली मुलुकहरुले पनि एस्ट्राजेनेकाको खोप लगाउन रोकिसकेका छन्। फ्रान्स, जर्मनी र इटालीले पनि रगत जम्ने आशंकामा यो खोपमाथि अस्थायी प्रतिबन्ध लगाएका हुन्।

सो खोपले रगत जमाउने भने पनि विश्वस्वास्थ्य संगठन लगायतका विश्वका नेतृत्वदायी स्वास्थ्य एजेन्सीहरुले भने करोडौं मानिसहरुले सो खोप कुनै समस्याबिना नै लगाइसकेको जनाएका छन्।

यी एजेन्सीहरुले रगत जम्ने समस्या र यो खोपबीच कुनै सम्बन्ध नरहेकोसमेत बताएका छन्। तर पनि खोपमाथि आशंकाहरु भने दिनदिनै बढिरहेको समाचारमा जनाइएको छ। तर खोप उत्पादक कम्पनी एस्ट्राजेनेकाले भने खोप सुरक्षित रहेको भन्दै प्रतिरक्षा गरेको छ।

यो खोपको परीक्षणमा खोप सुरक्षित रहेको र प्रभावकारी रहेको तथ्यांक देखाइएको थियो। तर, हालका दिनमा सुरक्षाको कारण यो खोप उत्पादक कम्पनी समस्यामा परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *