अमेरिकाको एटलान्टामा अन्धाधुन्ध गोलीबारीमा कम्तीमा ८ जनाको मृत्यु

डिसी नेपाल
४ चैत २०७७ १०:२९
1.0k
Shares

अमेरिकाको एटलान्टामा तीन फरक फरक ठाउँमा भएको गोलीबारीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । पुलिसका अनुसार भिडियो फुटेजले यी तीनवटै गोलीबारीमा एउटै व्यक्ति जिम्मेवार भएको देखिएको छ । तीनमध्ये २ गोलीबारी उत्तर पूर्वी एटलान्टाको नजिकैका दुई सडकमा र अर्को ३० माइल टाढा शहरको उत्तर पश्चिम चोरोकी काउन्टीमा भएको सीएनएनले जनाएको छ ।

अनुसन्धानकर्ताहरुले यी तीनवटै गोलीबारीको उद्देश्य अहिलेसम्म प्रस्ट भइसकेको छेन । चेरोकी काउन्टीमा भएको गोलीबारीमा संलग्न संदिग्धलाई एटलान्टाबाट १५० माइल दक्षिण क्रिस्प काउन्टीबाट बेलुकी साढे ८ बजेतिर नियन्त्रणमा लिइएको छ । चोरोकी काउन्टी अफिसका अनुसार पक्राउ परेका संदिग्ध उडस्टकका २१ वर्षका रोबर्ट आरोन लोंग हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.